संवैधानिक परिषद्को बैठक आज पनि बस्दै

काठमाडौं- संवैधानिक परिषद्को बैठक आज बस्दै छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन परिषद् बैठक बस्न लागेको हो ।

गत मंगलबार बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेकोले बैठक आज बोलाइएको हो । बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

आज बस्ने बैठकबाट नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी गरिएको छ । यही साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने भएपछि संवैधानिक परिषद् बैठक बस्न लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.