लालपूर्जा बिहीन आँधीमुहानका बोटे समुदाय

स्याङ्जा- कालीगण्डकी क्षेत्रमा बसोबास गर्दै आएका माझी समुदाय र अन्य गरी कालीगण्डकी गाउँपालिकाभित्रका ८२ घरपरिबार लालपूर्जा विहीन भएका छन् । बेलाबेलामा बन्ने सरकारले अव्यवस्थित र सुकुम्बासीलाई पूर्जा प्रदान गर्ने आयोग बनाएपनि यहाँका जनता लाभान्वित हुन सकेका छैनन् ।

स्याङ्जाको आँधीखोला र कालीगण्डकी नदीको तिरमा सिमान्तकृत बोटे र माझी समुदाय पूर्खौदेखी बसोबास गर्दै आएका छन् । माछा मार्ने र ढुङ्गा चलाएर यात्रुलाई वारपार गर्ने उनीहरुको पूर्ख्यौली पेशा हो ।

कालीगण्डकी जलविद्युत आयोजनाको स्थापनासँगै मिर्मी आँधीखुहानमा बसोबास गर्ने यी समुदायको पेशामात्रै संकटमा परेन उनीहरु बसोबास गर्दै आएको भूमिको लालपूर्जा नहुँदा बासस्थान समेत संकटमा परेको छ ।

आँधीमुहानमा मात्रै ६६ धरधुरीको लालपुर्जा छैन जसमध्ये ३८ घरपरिवार माझी समुदायका छन् । अहिले यहाँको ६६ घरधुरीले भगवती माध्यमिक विद्यालयको गुठी जग्गा अन्तर्गत कित्ताकाट गरेर विद्युतको सेवा उपभोग गरिरहेका छन् ।

राष्ट्रिय भूमी आयोगले बाटो खोल्ने हो भने कालीगण्डकीभित्रका अव्यवस्थित बासोबास गर्दै आएका ८२ घर परिवार प्रत्यक्ष लाभान्वित हुने गाउँपालिका अध्यक्ष खिम थापाको भनाई छ ।

अव्यवस्थीत बसोबास समस्या हल गर्न केपी ओली सरकारको पालामा गठन गरिएको सुकुम्बासी आयोग र बर्तमान सरकारले गठन गरेको राष्ट्रिय भूमी आयोगले यहाँका अव्यवस्थित बसोबास गर्दै आएका परिवारलाई समेट्न सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.