माओवादी बैठक : नेताहरुको कार्यशैली र सरकारको कामको चर्चा बढी

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी छ ।
हिजोदेखि काठमाण्डौमा सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ ।
केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले राख्नु भएको सङ्क्षिप्त प्रतिवेदनमाथि सदस्यहरुले धारणा राख्नुभएको छ ।
हिजो १८ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
पार्टीको पुनःनिर्माण, कार्यशैली, सङ्गठनको प्रभावकारिता र सरकारका कामकारबाहीका बारेमा छलफल भैरहेको हो ।
बैठकको प्रारम्भमा हिजो पार्टी अध्यक्ष प्रचण्डले सङ्गठनात्मक संरचनालाई चुस्त दुरुस्त बनाउने, पार्टी पङ्क्तिलाई वडास्तरमा फर्काउने, तीन महिनाको विशेष अभियान सञ्चालन गर्ने, विधान सम्मेलन गर्ने, सम्मेलनमार्फत पार्टीलाई चुस्त र व्यवस्थित तुल्याउने प्रस्ताव राख्नुभएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्