झापा कारागारमा झडपपछि आगलागी, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

झापा- कैदीबन्दी सरुवाको विषयलाई लिएर झापा कारागारमा झडप भएको छ । कारागारमा रहेका कैदी मनोज लावतीसहित केही कैदी बन्दीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारमा आज अपरान्हदेखि झडप शुरु भएको हो ।

कैदी बन्दीबीच झडप हुँदा कारागारभित्र आगजानी समेत गरिएको छ । कारागार भित्र धुँवाको मुस्लो देखिएपछि भद्रपुर नगरपालिका सहित मेचीनगर र बिर्तामोडको बरुणयन्त्र पानी हाल्न प्रयोग गरिएको छ ।

कारागार भित्र झडप भएसँगै शसस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्या कारागार बाहिर परिचालन गरिएको छ ।

कारागारभित्रको क्षतिको विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । कैदीबन्दी बीच झडप भएसंगै प्रहरीले हवाई फयर समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.