कुलमोहरमा पहिरो झर्यो, अवरुद्ध सडक खुलाउने प्रयास जारी

दाङ- लमही घोराही सडक खण्ड अवरुद्द भएको छ । लमही नगरपालिका-६ कुलमोहरमा पहिरो झरेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

गत बर्ष असोजमा पनि सोही स्थानमा ठूलो पहिरो झरेको थियो । यसपाली पनि पानी पर्दा त्यस स्थानमा पहिरो झर्दै आएको छ ।

पहिरो पञ्छ्याउने काम चलिरहेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले जेसिवीसहित सुरक्षाकर्मीहरु पहिरो हटाउन खटिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.