आजपनि राष्ट्रियसभामा एमालेको अवरोध

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट सुन तस्करी भएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।
आजको बैठकको प्रारम्भमा एमाले सांसद दिलकुमारी रावल थापा (पार्वती)ले  सुन प्रकरणबारे  छानबिन गर्न उच्चस्तरीय समिति नबनेसम्म सदनको अवरोध नखुल्ने बताउनुभयो । सुन तस्करी प्रकरणमा सरकारको संलग्नता रहेको जिकिर गर्दै उहाँले यसबारे निश्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक भएकामा जोड दिनुभयो  ।
“सुन तस्करको जरैसम्म पुगेर अनुन्धान गर्न समिति आवश्यक छ, सामन्य मजदुरी गर्ने दिलीप भुजेलको नाममा कम्पनी दर्ता गर्न कसले लगायो ?”, उहाँले भन्नुभयो, “यसको छानबिन सरकारबाट सम्भव छैन, त्यसकारण उच्चस्तरीय समिति आवश्यक छ ।”
सांसद रावलले उच्चस्तरीय समिति बनाएर यसमा संलग्न उच्च राजनीतिक एवं प्रशासनिक नेतृत्वलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर झण्डै एक सय किलो सुन बाहिरिएको विषयमा उच्चस्तरीय समिति नबनाएसम्म एमालेले सदन चल्न नदिने बताउँदै आएको छ ।
यही साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको अवस्थामा करिब एक सय किलो सुन बरामद गरेको थियो ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विरोध र दबाबको शैलीलाई परिमार्जन गर्दै बैठक अगाडि बढाउन आग्रह गर्दै  बारम्बार प्रतिपक्षी सांसदलाई बस्न आग्रह गर्नुभएको थियो । एमाले सांसदहरूले आसनबाट उठेर विरोध कायमै राखेकाले उहाँले सभाको अर्को बैठक यही साउन २४ गते बुधबार अपराह्न १ः०१ बजे बस्नेगरी स्थगित गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.