सरस्वती नेपालीलाई अमेरिकाकाको ‘जिएआरसी’ अवार्ड

काठमाडौं- सिमान्तकृत समुदायको अधिकारका लागि वकालत गर्दै आउनुभएकी सरस्वती नेपालीले संयुक्तराज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ (जिएआरसी) प्राप्त गर्नुभएको छ ।
बीस वर्षदेखि नेपालमा सिमान्तकृत जाति, अपाङ्गभएका व्यक्ति र गरिबहरूको मानवअधिकारको वकालत गर्दै आउनुभएकी सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षका रूपमा उहाँले सो अवार्ड प्राप्त गर्नुभएको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
उहाँको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका धेरै दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन् । अध्यक्ष नेपालीले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा थुप्रै जातीय भेदभावविरुद्धको मुद्दाहरू जित्नुभएको थियो । सम्मान र समानताको खोजीमा उहाँको योगदान साहस र समर्पणको उदाहरण हो ।






प्रतिक्रिया राख्नुहोस्