प्रधानमन्त्रीद्वारा सबै मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मन्त्रिपरिषदका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्नु भएको छ । आज सिंहदरवारमा आयोजित कार्यक्रममा गत बर्षको कार्य सम्पादनको समिक्षा गर्दै सबै मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्नु भएको हो ।

प्रधानमन्त्रीले सबै मन्त्रालयका मन्त्री र सचिवहरूसँग अघिल्लो वर्षको प्रगति विवरण पनि बुझ्नु भएको छ । कार्यक्रममा आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा गरिएको छ । त्यसपछि मन्त्रीहरुसँग आर्थिक बर्ष २०८०/८१ का लागि कार्यसम्पादन सम्झौता भएको हो ।

कार्यसम्पादन सम्झौतामा मन्त्रीहरुले आगामी १ वर्षभित्र आफ्नो मन्त्रालयबाट गर्ने कामको विवरण प्रधानमन्त्री समक्ष पेश गर्नु भएको छ ।

सम्झौतामा कार्यसम्पादनको प्रगति मासिक रूपमा प्रधानमन्त्री कार्यालयमा अनलाइन प्रणालीबाट पठाउनुपर्ने र त्यसलाई मासिक तथा वार्षिक प्रतिवेदन र मूल्यांकनको आधार बनाइने उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.