गुल्मी मदानेमा बेवारिसे शव फेला

गुल्मी- गुल्मी जिल्लाको मदाने गाउँपालिका बेवारिसे शव फेला परेको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ३ सिम्ले भन्ने स्थानको एक खोलामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले जानकारी दिनुभयो ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यस गाउँबाट एक जना पुरुष विगत केही दिनदेखि हराइरहेको भन्ने निवेदन प्रहरीकोमा आएको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो । ती व्यत्ति हुन या होइन भन्ने पहिचानको हुन सकेको छैन । शव नाङ्गो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शवलाई पहिचानको लागि गुल्मी अस्पतालमा राखिने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.