नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा सीआइवीद्वारा चौबीस घण्टाभित्र नौ जना चिकित्सक पक्राउ

काठमाडौं- नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा नौ जनालाई पक्राउ गरेको छ । प्रकाउ पर्नेहरुलाई थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको छ ।

नक्कली प्रमाणपत्र बनाएर जनस्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा गैरकानुनी धन्दा चलाइरहेको आरोपमा प्रहरीले विशेष अनुसन्धान सुरु गरेको हो ।

‘फोक्सट्रोट चार्ली’ नाम दिएर नेपाल प्रहरीको अनुसन्धान ब्यूरो सीआइबीले थालेको अप्रेशनको पहिलो दिन बिहिबार कांग्रेस सांसद डक्टर शुनिल शर्मा सहित पाँच जनालाई पक्राउ गर्‍यो । शुक्रबार मात्र थप चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कांग्रेस सांसद शर्माका अतिरिक्त डा. अमित चौधरी, डा.रामबाबु यादव, डा.एरिना शाह, मोरङका मनिष चौधरी डा. श्रद्धा शिल्पकार, रञ्जितकुमार यादव र पुनम थापा रहनु भएको छ ।

उहाँहरुलाई काठमाडौं उपत्यकाका साथै उपत्यका बाहिर विभिन्न क्षेत्रबाट सीआइबीको विशेष ब्युरोले पक्राउ गरेको हो । २०७३ बाटै यो विषय अनुसन्धानको प्रकृयामा रहेको र थप प्रमणाहरु जुटेपछि पक्राउ गर्न सुरु गरिएको प्रहरी प्रवक्ता प्रहरी नयाव महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

प्रकाउ पर्नेहरुलाई अनुसन्धानका लागि म्याद थप गरिएको छ । प्रकाउ परेका चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएको प्रहरीले जनाएको छ ।

काउन्सिल नै यस्तो सुचना प्रहरीलाई दिएपछि काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले अपरेशन चलाएको थियो । उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र कीर्ते र ठगीमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.