हात्तीलाई वनभोज (फोटो फिचर)

चितवन- चितवनको पर्यटकीय नगरी सौराहामा १२औँ अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा पर्यटन व्यवसायी र संरक्षणकर्मीहरुले हात्तीलाई वनभोज खुवाएर मनाएका छन् ।

हात्ती दिवसकै दिन यहाँ हात्ती वनभोज गर्दै सरकारी तथा निजी स्तरका हात्तीहरुलाई खिर, केक, विभिन्न फलफूल, सखरसहितको भोजन खुवाइने गरिन्छ ।

युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती बनभोज कार्यक्रमको आयोजना गरिएको थियो । सरकारी र निजी स्तरमा पालेका ६५ वटा हात्तीलाई लस्करै राखेर मिष्ठान्न भोजन गराइएको कार्यक्रम संयोजक कृष्णप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिति चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले हात्तीलाई केक खुवाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । चामल र भेलीको खिर र केक सहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरभूजा खुवाइएको छ ।

सौराहाको पर्यटन विकासमा हात्तीको महत्त्व दर्शाउँदै सफारी पर्यटनलाई जिवित राख्ने उद्देश्यले हात्ती दिबस मनाइएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताउनुभयो ।

चितवन निकुञ्जमा दरबन्दी रहेका ५० वटा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा ७ वटा र सौराहामा निजी स्तरमा पालेका ५० वटा हात्ती रहेको युनाइटेडका उपाध्यक्ष शम्भूप्रसाद मालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.