मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय
काठमाडौं- नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले आज बसेको बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिनुभयो । माओवादी केन्द्रले जनमत पार्टीलाई सरकारमा सहभागी गराउन सो निर्णय गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्