सुन प्रकरणमा उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने एमाले अध्यक्ष ‌ओलीको माग

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको घटनामाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने बताउनुभएको छ ।

एमाले केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संसदीय समिति गठन गर्दा जरोमा नपुगी बहुमतका आधारमा निर्णय हुनसक्ने देखिएकाले न्यायिक समिति आवश्यक भएको बताउनुभयो ।

माथिल्लो तहको संलग्नता विना ठूलो मात्रामा सुन तस्करी हुन नसक्ने र अहिले पनि तस्करी जारी रहेको उहाँले दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले छानबिन समितिमा एमालेका मान्छे राख्न नभई देशलाई रित्याउनबाट जोगाउन न्यायिक समिति बन्नुपर्ने जिकिर गर्नुभयो ।

सरकारले विरोधलाई मत्थर पार्न सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्रको पुरानो मुद्दामा गिरफ्तार गरेको समेत दाबी गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करी प्रकरणबारे छानबिन गर्न आयोग बनाउन माग गर्दै संसन अवरोध गर्दै आएको छ । सरकारले केन्द्रीय प्रहरी ब्यूरोले गरेको छानबिनको प्रतिवेदनलाई पर्खन आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.