साउनको अन्तिम सोमबार (फोटो फिचर)

काठमाडौं- साउन महिनाको आज अन्तिम सोमवार भगवान शिवको पूजा आराधाना गर्ने भक्तजनहरुको पशुपति नाथ लगायत देशभरका शिवालयहरुमा भीड लागेको छ ।

साउन महिनालाई शिवको विषेश महिना मानिन्छ । साउनभर ब्रत बस्ने भक्तजनहरुले आज व्रत समापन गर्ने गर्दछन । साउन महिनाको सोमवार शिवको पूजा आराधान गरे मनोकाक्षा पुरा हुने धार्मिक विश्वास रहेको छ ।

शिव पुराण लगायत धार्मिक ग्रन्थहरुमा शिव महिमाको वारेमा उल्लेख गरिएको छ । साउन महिनामा शिवको पूजा आाराधना सहित महिलाहरुले हरियो चुरा र वस्त्र लगाई शिवको पूजा आराधना गर्ने गर्दछन् । यसबाट शिवभक्तिसँगै मानव र प्रकृतिबीचको सम्बन्धलाई पनि उजागर गर्ने धार्मिक मान्यता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.