‘विद्यार्थीका प्रश्न जिल्ला समन्वय समितिलाई’

काभ्रे- जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा ‘विद्यार्थीका प्रश्न जिल्ला समन्वय समितिलाई’ कार्यक्रममा सम्पन्न गरेको छ ।

काभ्रे जिल्लाको शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले जानकारी दिनुभयो ।

बागमती प्रदेशका श्रम तथा यातायात रोजगार मन्त्री लक्ष्मण लम्सालको प्रमुख आतित्यमा भएको कार्यक्रममा काभ्रेका सामुदायिक र निजी विद्यालयका विद्यार्थीहरुले संविधानले प्रदत्त गरेको अधिकार प्रयोग गर्न नपाएको, निःशुल्क शिक्षाको नारा संविधानमा लगाए पनि ब्यवहारमा नभएको, विद्यालयमा आन्तरिक र बाह्य कारण असुरक्षा बढिरहेको, प्रविधीमैत्री वातावरण नबनेको गुनासो गरेका थिए ।

विषयगत शिक्षक र विद्यालयमा आवश्यक दरबन्दी नहुँदा विज्ञान, गणित र अंग्रेजी पढाउने शिक्षक नभएकाले शैक्षिक गुणस्तर खस्कँदै गएको, कम्प्युटर शिक्षक नहुँदा प्रयोगात्मक कक्षाहरु लिन नपाएको, प्रयोगशाला नभएको, भौतिक संरचना भए पनि व्यवस्थित हुन नसकेको, छात्रावास नहुँदा दैनिक सात घण्टाको समय बाटोमा नै खर्च हुने गरेको, विद्यालयमा दिवा खाजा नभएको, सिपमूलक शिक्षा प्रदान हुन नसकेको लगाएतका गुनासो गरेका थिए ।

‘जिल्लाको समग्र शिक्षाको अवस्थाका बारेमा विद्यार्थीको तहबाट बुझेका विषयहरु जानकारी लिने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको र विद्यार्थीहरुले उठाएका तमाम विषयहरुलाई तीन तहकै सरकारसँगको समन्वयमा कार्यान्वयन गरिने जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतमले जानकारी दिनुभयो ।

विद्यार्थीहरुले उठाएका जिज्ञासाका सन्दर्भमासमन्वय समिति उपप्रमुख रिमबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, समन्वय अधिकारी शान्तिराज प्रसाईँ, शिक्षा समन्वय इकाईका प्रमुख गोकर्णध्वज कार्की लगायतले विद्यार्थीको जिज्ञासाको जवाफ दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.