महाकाली नदीमा बहाव बढेपछि पुलमा आवागमन बन्द

कञ्चनपुर- महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्वयारेमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन बन्द गरिएको छ ।

जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका अनुसार बिहान ७ बजेको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख ३२ हजार ८ सय ३२ क्युसेक मापन गरिएको छ ।

महाकालीमा पानीको बहाव एक लाख क्युसेकभन्दा बढी भएपछि सुरक्षाको कारण देखाउदै भारतीय पक्षकाले पुलामा चारपाङ्ग्रे सवारीसाधनको आवागमनका रोक लगाउने गरेको हो ।

पुलमा चारपाङ्ग्रेको आवतजावत बन्द गरिएपनि पैदल यात्रु र मोटरसाइकललाई भने चल्न दिएको छ ।

यस्तै डडेल्धुराको परिगाउँ क्षेत्रमा महाकालीमा पानीको सतह ६ दशमलव ५५ मिटर पुगेको छ । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र कञ्चनपुरका अनुसार परिगाउँमा खतराको तह ७ मिटर र सतर्कता तह ५ दशमलव ८० मिटर हो ।

कार्यालयका अनुसार पानीको सतह बढ्ने क्रम जारी रहेकाले महाकाली नदीमा बाढी तथा डुवानको जोखिम बढ्न सक्ने देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.