डोल्पामा उर्लियो ठूलीभेरी : तटीय क्षेत्रमा बाढीको उच्च जोखिम

डोल्पा- डोल्पा २९ साउन हिमाली जिल्ला डोल्पामा रहेको ठूलीभेरी नदिमा पानीको बहाव यस बर्षकै उच्च देखिएको छ ।

अविरल रुपमा परेको बर्षातका कारण ठुलीभेरीमा पानीको बहाव उच्च भएपछि सदरमुकाम दुनैसहित नदी तटीय क्षेत्र बाढीको उच्च जोखिममा परेका छन् ।

बर्षायाम सुरु भएसँगै दिनप्रतिदिन ठूलीभेरीमा पानीको बहाव बढ्न थालेपछि जिल्ला सदरमुकाम दुनै, भित्ती, त्रिपुराकोट बगर, खदाङ, करोपगाड, त्रिबेणी लगाएतका बजारहरु बाढीको उच्च जोखिममा परेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले जानकारी दिए ।

सदरमुकाम दुनै बजार भएर बग्ने ठुलीभेरी नदिमा पानीको सतह बड्न थालेपछि तटिए क्षेत्रमा बसोबास गर्दै आएका सर्वसाधारण त्रसित भएको बुढाले बताए ।

बजारबासीले हिँउदको समयमा भेरिको किनारा मिचेर बनाएका घर,टहरा र शौचालयहरु बनाएपछि जनधन क्षतिको जोखिम थप भएको उनको भनाइ छ । दुनै बजार भेरीको जोखिममामात्र नभई पहिरोको जोखिम समेत उत्तिकै रहेको स्थानीय राकेश केसीले बताए ।

जथाभावी खनिएका सडकका कारण पहिरो खतराले दुनैबासी पानी परेका बेला चिन्ताले सताउने गरेको उनको भनाइ छ ।

केही बर्ष अघि सदरमुकाम दुनै जोगाउनकालागि बनाइएको मेशिनरी वालले केहीहदसम्म भएपनि सुरक्षा दिएको सदरमुकामबासीको भनाइ छ ।

बर्षातका कारण भेरी नदिको बहाव निरन्तर बडिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय डोल्पाले आग्रह गरेको छ ।

देशभरीनै बाढिले वितन्डा मच्चाइरहेको बेला डोल्पामा त्यस्ता अप्रिय घटना घट्न नदिन र भइहालेको खण्डमा उद्धार तथा राहत वितरणकालागि जिल्ला विपत व्यवस्थापन समिति तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी भुमिश्चर पोख्रेलले जानकारी दिए ।

गाउँघरमा त्यस्ता घटना घटिहाले तुरुन्तै स्थानीय सरकार,प्रहरी र प्रशासनलाई खबर गर्न आग्रह समेत गरे । खतराको पूर्व सुचना केन्द्र छैन भेरीनदिको किनारामा रहेको कर्णाली प्रदेशको एक मात्र जिल्ला सदरमुकाम दुनै पर्दछ ।

कम क्षेत्रफलमा रहेको सदरमुकाम दुनै प्रत्येक बर्ष बाढी र पहिरोको उच्च जोखिममा पर्ने गर्दछ ।

बर्षौ देखि दुनै लगायत नदि किनाराका बस्तीहरु भेरीको उच्च जोखिममा भएपनि हाल सम्म कुनैपनि खतराका पूर्व सुचना दिने यन्त्र तथा पूर्व सुचना केन्द्र भने राखिएको छैन् ।

लाखौ क्यूसेक पानीले केहि मिनेट मात्र धार परिवतर्न गरेमा करोडौको क्षतिका साथै हजारौँको सङ्ख्यामा मानवीय क्षति समेत ब्यहोर्नु पर्ने सरोकारवाला निकायको भनाइ छ ।

विगत देखिनै भेरी नदि अतिक्रमण गरेर घर टहरा निर्माण गर्ने काम भइरहेपछि स्थानीय प्रशासन र स्थानीय सरकारले कुनै चासो दिएको भने छैन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.