स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रिय एकता र आत्मविश्वासका लागि पाकिस्तानी प्रधानमन्त्रीको आह्वान

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले राष्ट्रिय स्वाधीनताको ७६ औँ वर्षगाँठको अवसरमा सोमबार देशवासीलाई बधाई दिँदै देशले सामना गरिरहेका चुनौतीको सामना गर्न राष्ट्रिय एकता र आत्मविश्वासका लागि आह्वान गर्नुभएको छ ।

आफ्नो सन्देशमा सरिफले भन्नुभएको छ, “पाकिस्तानका जनताले स्वतन्त्रताका लागि भएको सङ्घर्षमा जस्तै दृढसङ्कल्प जगाउनुपर्छ र एकता र आत्मविश्वासको सिद्धान्तलाई प्रयोग गरेर अगाडिको मार्ग प्रशस्त गर्नुपर्छ ।”

“विगत साढे सात दशकमा प्रायः विरोधी परिस्थितिहरूविरुद्ध हामीले हासिल गरेका थुप्रै उपलब्धिहरूको महत्वलाई नकार्न सकिँदैन । हामीले सबैभन्दा खराब प्राकृतिक प्रकोप, द्वन्द्व र युद्धको सामना गरेका छौं र सँधै राम्रो निर्माण गर्न सफल भएका छौं,” उहाँले भन्नुभयो ।

स्वतन्त्रताको भावनाले पाकिस्तानीहरूलाई चुनौतीहरू पार गर्न र सबैका लागि न्याय, समानता र समृद्धिको सिद्धान्तलाई मूर्त रूप दिने राष्ट्रको दिशामा काम गर्न प्रेरित गरिरहेको छ ।

स्वतन्त्रता दिवसको दिन पाकिस्तानीहरूले देशका संस्थापक मोहम्मद अली जिन्ना र उहाँलाई स्वतन्त्रताको लडाईमा साथ दिने सबै ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.