गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल

काठमाडौँ- प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आज समसामयिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र ललिता निवास प्रकरणबारे सर्वोच्च अदालतको आदेशलगायतका बिषयमा छलफल भएको छ ।

यसका साथै, सुन प्रकरण,गौर हत्याकाण्ड लगायतका विषयमा पनि शीर्ष नेताहरुबीच छलफल भएको छ ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि संसद अवरोध गर्दै आएको विषयमा पनि नेताहरुबीच छलफल भएको छ ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.