कीर्ते गरेको आरोपमा सिटिजन्स बैंकका छ जना कर्मचारी पक्राउ

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिविको) प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको अभियोगमा प्रहरीले सिटिजन्स बैंकका छ जना कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के, गोमा ज्ञवाली मणिग्राम शाखा, कल्पना खत्री कालिकानगर शाखा, प्रतीक्षा रेग्मी कालिकानगर शाखा, खिमडा गौतम बुटवल शाखा तथा दीपक विष्ट (नागरिक बैंक मुद्दा) रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका छ जनामध्ये दीपक विष्टलाई काठमाडौँबाट र अन्यलाई रूपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.