पेट्रोलियम पदार्थको मूल्य बढ्योः पेट्रोलमा प्रतिलिटर ५ र डिजेलमा १४ रुपैयाँले वृद्धि

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मंगलबजार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

वृद्धि भएको मूल्य आज रातिदेखि लागू हुने निगमले जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ पुगेको छ।

निगमले पछिल्लो समय निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको छ । इण्डियन आयल कर्पोरेसन (आईओसी)बाट आउने प्रत्येक १५ दिनको मूल्यअनुसार नेपालमा पनि मूल्य घटबढ गर्दै आएको हो ।

मंगलबार आएको नयाँ मूल्य सूचीअनुसार आईओसीबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढेको जनाएको छ ।

निगमका अनुसार आईओसीबाट पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ८५ पैसा र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ११ रुपैयाँ २५ पैसा बढेर आएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.