सुन प्रकरणमा जोडिएका माओवादी नेता महरामाथि अभियोजन अघि बढ्ने प्रधानमन्त्रीको भनाइ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतीय चुरोट भेपमा ल्याइएको नौ किलो सुन प्रकरणमा जोडिएका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि अभियोजन अघि बढ्ने बताउनु भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा सम्पादकहरुसंगको छलफलमा प्रधानमन्त्रीले यस्तो बताउनु भएको हो । प्रधानमन्त्रीले ललिता निवास प्रकरणमा सीआईबीको अनुसन्धान प्रभावित पार्न प्रयासहरु भइरहेको भन्दै आशंका पनि व्यक्त गर्नुभयो ।

बालुवाटारमा प्रमुख सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा प्रधानमन्त्रीले गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि अनुसन्धान गर्ने उल्लेख गर्नु भयो ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका भ्रमणमा जानु हुने भएको छ । सम्पादकहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले आफू ३० भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका भ्रमणमा जान लागेको जानकारी गराउनु भएको हो ।

अमेरिका भ्रमण सकिएपछि उतैबाट प्रधानमन्त्री प्रचण्ड सिधै चीन जानुहुने छ । प्रधानमन्त्री प्रचण्डलले आफू अमेरिका भ्रमण सकेर उतैबाट असोज ४ मा चीनको बेइजिङ जाने बताउनु भयो । ।

यसैबीच प्रधानमन्त्रीले दाहालले नागरिकका फोन ट्यापिङ गर्नेसहितका प्रयोजनका लागिसमेत प्रयोग गर्न खोजिएको विवादास्पद टेरामक्स प्रविधि कार्यान्वयन नगर्ने बताउनु भयो । बालुवाटारमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले उक्त जानकारी दिनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.