विद्युतीय सवारी उपयुक्त विकल्पः सरोकारवाला

रुपन्देही- वातावरण जोगाउन र आर्थिक भार कम गर्न विद्युतीय सवारी साधनको प्रयोग बढाउनु पर्ने सरोकारवालाहरूले बताएका छन् ।

विदेशबाट आयात हुने पेट्रोलियम पदार्थ निकै महंगो हुँदै गएको अवस्थामा विद्युतीय सवारी उपयुक्त विकल्प भएको उनीहरूको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरणको ३८औँ बार्षिक उत्सवको अवसरमा लुम्बिनी प्रादेशिक कार्यालयले आयोजना गरेको विद्युतीय सवारी साधनको ऱ्याली समापन कार्यक्रममा बोल्ने बक्ताहरूले स्वदेशी विद्युतको खपतले विदेशी मुद्रा संचिती समेत बढ्ने बताए ।

कार्यक्रममा विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख नवराज ओझाले पेट्रोलियम पदार्थ आयातका लागि ठूलो मात्रामा रकम विदेशिने गरेको बताउँदै विद्युतीय सवारी र स्वदेशी विद्युतको खपत बढाउनु पर्ने बताउनुभयो ।

उहाँले प्राधिकरणले विद्युतीय गाडीहरूलाई लक्षित गरी लुम्बिनी प्रदेशको बुटवल बसपार्क, बर्दघाट, कपिलबस्तुको चन्द्रौटा, बाँकेको कोहलपुर लगायतका क्षेत्रमा चार्जिङ स्टेशन निर्माण गरेको बताउनुभयो ।

उहाँले बुटवलबाट नारायणघाट, पोखरा र कोहलपुर सडक खण्डहरूको थप विभिन्न स्थानमा चार्जिङ स्टेशन राख्ने तयारी भैरहेको बताउनुभयो ।

कार्यक्रममा विधुतीय गाडी प्रयोगकर्ताले भने लाइन जाने आउने र भोल्टेज नपुग्ने समस्या आफुहरुले भोग्नु परेकाले समस्या समाधानका लागि आग्रह गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.