डोल्पामा छब्बीस दिनदेखि अवरुद्ध हवाईसेवा सुचारु

डोल्पा- हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थलमा हवाईसेवा सुचारु भएको छ । अवरुद्ध भएको छब्बीस दिनपछि मात्र हवाइसेवा सुचारु भएको हो ।

मौसम खुलेसँगै झन्डै एक महिनापछि आजबाट हवाईसेवा सुचारु भएको समिट एयर डोल्पाका प्रमुख पुर्णजंग शाहीले बताउनुभयो ।

बर्षायाम सुरु भएसँगै मौसममा आएको खराबीका कारण उडान हुन नसकेको शाहीको भनाइ छ । हवाई उडान सुचारु भएसँगै नेपालगन्ज विमानस्थलदेखि तारा एयरले एउटा उडान गरेको छ ।

उडान भएपछि महिना दिनदेखि नेपालगन्ज र जुफाल विमानस्थलमा जहाज कुरेका यात्रुहरु गन्तव्यमा पुग्न पाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.