गुल्मी अस्पताल भवनको ६० प्रतिशत काम सम्पन्न

गुल्मी- गुल्मी अस्पतालको अत्याधुनिक भवनको ६० प्रतिशत काम सकिएको छ । २०७८ साल असार १८ गते सम्झौता भइ काम सुरु भएको भवनको २०८० साल असार १७ गतेसम्म सम्पन्न गर्ने गरि काम अगाडी बढेको थियो ।

भवनको निर्माण कार्य सम्पन्न गर्ने मिति सकिएको एक महिना बितिसक्दा पनि ६० प्रतिशत मात्रै काम भएको छ । भवनको सबै तलको ढलान सकेर पलास्टर, वयरिङ्ग लगायतका काम भइरहेका छन् ।

भवनको स्वच्छन्द–बानियाँ जे.भी हेटौडा मकवानपूरले निर्माणको जिम्मा लिएको हो । नयाँ बन्ने अस्पतालको भवन साढे ५ तल्लाको निर्माण गर्ने गरि रु २५ करोड ९५ लाख ६४ हजार २०३ रुपौयाँ लागत रहेको गुल्मी अस्पताल बिकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले बताउनुभयो ।

गुल्मी अस्पतालमा रहेका भवनहरु साना र सेवाग्रही मैत्री नहुँदा समस्या हुँदै आएको थियो । भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालेपछि स्थानीयमा खुसी छाएको छ ।

गुल्मी अस्पताल तम्घास ०७१ सालमा ५० शैय्यामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन् । अहिले पनि गुल्मी अस्पतालमा हाडजोर्नी र प्रसुती रोग बिशेषज्ञ डक्टर बाहेक अन्य बिशेषज्ञ डक्टर छैनन् ।

भौतिक संरचना अभावकै बिचमा पनि हाडजोर्नी र प्रसुतीरोग बिशेषज्ञ डक्टरका कारणले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको छ । अब गुल्मी अस्पतालको सुबिधासम्पन्न अत्याधुनिक भवन बन्न सुरु गरेको छ ।

जिल्ला अस्पतालको भौतिक संरचना निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना कार्यान्वयन इकाइ भवनबाट रकम विनियोजन गरेको हो ।

विशेषज्ञसहितको सेवा प्रवाह गर्ने गरि अस्पताल निर्माण हुने हुने भएको छ । आईसीयु, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्था सहितको हुनेछ ।

नयाँ भवन बनेपछि प्रसुती, नाक, कान, घाँटी र हाडजोर्नीलगायतका रोगको विशेषज्ञसहितको सेवा विस्तार हुनेछन् । अहिले गुल्मीमा स्तरीय स्वास्थ्य सेवाको अभावमा स्थानीयहरु पाल्पा र बुटवल, काठमाडौं धाउनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.