प्रधाममन्त्री-सभामुख भेट : संसदको अबरोध खुलाउने विषयमा छलफल

काठमाडौँ- प्रधानमन्त्री र सभामुखबीचको छलफल सकिएको छ । भेटमा सभामुखले सदन नचल्नु राम्रो नभएको बताउनुभएको थियो ।

सांसदहरुले बोल्न समय माग्नुभएको, प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा बोल्न नपाइएको भन्दै सांसदहरुले गुनासो गरेको विषय पनि सभामुखले प्रधानमन्त्रीलाई जानकारी दिनुभएको थियो ।

उहाँले दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति नभएको भन्दै  आम जनताले पनि सदन अवरोधलाई राम्रो नमानेको उल्लेख गर्नुभयो।

कम्तिमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिन प्रधानमन्त्रीलाई सभामुखले आग्रह गर्नुभएको थियो ।

सभामुखले आफूले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको जानकारी पनि प्रधानमन्त्रीले गराउनुभयो ।

छलफलमा प्रधानमन्त्रीले आफू सदन खुलाउन भूमिका खेल्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।  विपक्षी दलको नेतासँग छलफल गरेर छिट्टै निश्कर्षमा पुग्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नु भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.