प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको उजुरीमाथि भोलि संसदीय सुनुवाइ हुने

काठमाडौं- सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि भोलि संसदीय सुनुवाइ हुने भएको छ । आज बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले भोलि बिहान साढे ११ बजे श्रेष्ठमाथि संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो ।

बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग सोमबार बिहान साढे १० छलफल गर्ने र साढे ११ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिनुभयो ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध इमेलबाट दुई वटा र पत्रमार्फत् एउटा उजुरी परेका छन् । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको हो । संसदीय समितिबाट अनुमोदन भएमा उनले १४ महिना सर्वोच्चको नेतृत्व गर्नुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.