यार्साबाट मात्रै डोल्पामा भित्रियो १ अर्व ४७ करोड रुपैँया

डोल्पा- हिमाली जिल्ला डोल्पा जडिबुटीको भण्डारको रुपमा चिनिन्छ ।

डोल्पामा पँहेलो सुनको रुपमा रहेको बहुमुल्य जडिबुटि यार्सागुम्बा, जटामसी,गुच्ची च्याउ,सेतक चिनि,पदमचाल,पाँच औँले लगायत विभिन्न प्रजातिका जडिबुटि प्रशस्तमात्रामा पाइने गर्दछन् ।

त्यसो त यस बर्ष यार्चागुम्बा खरिदकालागिमात्रै डोल्पामा १ अर्व ४७ करोड भन्दा धेरै रकम भित्रिएको तथ्याकंले देखाएको छ ।

यार्सागुम्बा विक्रि वितरणकालागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय डोल्पाबाटमात्रै ५ सय ८८ किलो बराबरको छोड पुर्जी जारी भएको छ ।

यार्सा संकलनका लागि जम्मा भएका स्थानीय

प्रतिकिलो पच्चीस लाखलेमात्र १ अर्व ४७ करोड रकम भित्रिएको स्थानीय यार्सा व्यापारीले बताएका छन् ।

तीस लाखका दरले हिसाब गर्ने हो भने झण्डै दुई अर्व पुग्ने उनिहरुको भनाइ छ ।

यस बर्ष डोल्पामा प्रतिकिलो १० लाख देखि ३० लाखसम्म यार्सागुम्बाको खरिद बिक्रि भएको दोलखाकी यार्सा व्यापारी मिमा फिन्जुक शेर्पाले बताइन् ।

एक दशक भन्दा धेरै पहिलाबाट डोल्पामा यार्सा व्यापार गर्दै आएकी शेर्पाका अनुसार यार्सा पहिलो दोस्रो र तेस्रो गरेर तीन प्रकारको हुने भएकाले मुल्य पनि त्यहि अनुसार हुने गर्दछ ।

डोल्पा गुण र परिमाणको आधारमा नेपालै धेरै यार्सागुम्बा पाइने जिल्ला भएकाले यस बर्ष राम्रो यार्साको ३० लाखसम्म कारोवार भएको निकुञ्जको भनाइ छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत लाल भण्डारीका अनुसार एउटै जिल्लामा करिब पैतालिस दिनको अवधिमा गरिएको दु:खले डेढ अर्व भन्दा धेरै रकम भित्रिनु सुखद कुरा भएको बताए ।

यार्साबाट प्राप्त यो रकम जिल्लाका ग्रामिण बस्तीमा रहेका नागरिकका हातहातमा पुगेको यसले डोल्पाबासीको जिवनस्तर सुधारमा ठुलो टेवा पुग्ने उनले बताए ।

त्यतिमात्र नभई यो रकम विदेशबाट डलरको रुपमा भित्रिने भएकाले समग्र देशको अर्थतन्त्रमा समेत टेवापुग्ने भण्डारीको भनाइ छ ।

त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने करेलीकाँडा गाउँमामात्रै झण्डै एक करोडभन्दा बढी भित्रिएको छ ।

यार्सागुम्बाका विक्रि वितरणबाट यस बर्ष एक करोड भन्दा बढी रकम भित्रिएको स्थानीय चन्द्र बहादुर लामाले बताए ।

उनका अनुसार विगतका बर्षहरु भन्दा यो बर्ष भित्रिएको रकम थोरै हो ।

“दुई तीन बर्ष अघिसम्म दुई करोड भन्दा धेरै रकम भित्रिने गर्थ्यो,शहर बजारमा घर घडेरी जोड्थे,अहिले यार्साको पैसाले स्थानीयहरु बर्षभरीका आवाश्यक्ता पुरा गर्छन्”लामाले भने ।

यस बर्ष निकुञ्बाटमात्रै यार्सागुम्बा खरिद विक्रिकालागि दुई सय पैतालिस किलो बराबरको छोड पुर्जि वितरण भएको निकुञ्जले जनाएको छ ।
आव ०७९÷०८० मा मात्रै निकुञ्जले दण्ड जरिवाना,यार्सागुम्बा, पर्यटन,अन्य जडिबुटी लगायतबाट कुल दुई करोड तीन लाख चौरासी हजार छ सय बयालीस राजश्व उठाएको छ ।

आव ०७८-०७९ भन्दा अघिल्लो आवमा पैँतीस प्रतिशतले राजश्वमा बृद्धि भएको निकुञ्जले जनाएको छ ।

त्यसैगरी, डिभिजन वन कार्यालय डोल्पाबाटमात्रै तीन सय त्रिचालिस किलो बराबरको यार्सागुम्बाको छोडपुर्जि वितरण भएको छ ।

अघिल्लो आवमामात्रै वनले एक करोड बाह्र लाख उनान्चालिस हजार राजश्व संकलन गरेको डिभिजन वन अधिकृत महेश कुमाइले जानकारी दिए ।

यसरी व्यापारीले संकलन गरेको सयौँ किलो यार्सागुम्बा जहाज र हेलिकोप्टर चार्टर गरेर काठमाण्डौसम्म ढुवानी हुने गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.