सल्यानको कपुरकोटस्थित आगरखोलामा माइक्रोबस दुर्घटना, २ जनाको मृत्यु, १६ जना घाइते

सल्यान-  रूकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुबाहक गाडी दुर्घटनामा परेको छ ।

दुर्घटनामा  घाइतेमध्ये दुई जनाको मृत्यु भएको छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएका रूकुम पश्चिमका ६० वर्षीय कमारो कामी र सल्यानको दार्मा गाउँपालिका– २ की ३६ वर्षीया ओमपत खत्रीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभएको छ।

मल्लका अनुसार तुलसीपुर अस्पतालमा १६ जना घाइतेको उपचार भइरहेको छ। तीन जनाको अवस्था गम्भीर छ।

लु २ ख ५७३१ नम्बरको यात्रुबाहक फोर्स गाडी कपुरकोट गाउँपालिका–३ आगरखोला नजिकै दिउँसो तीन बजेतिर दुर्घटनामा परेको थियोे ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.