कालिखोला नजिक सिङ्गै डाँडा खसेर सडक अवरुद्ध, सडक खुलाउन आज दिनभर लाग्नसक्ने
चितवन- मुग्लिङ-नारायणगढ सडकखण्डको कालिखोला नजिक पहिरो खसेर सडक अबरुद्ध भएको छ ।
हिजो राती करिव ८:१५ बजे कालिखोला नजिकको सिङै डाडा सडकमा खसेको र करिव ५० मिटर सडक पुरिएकोले सवारी सुचारु हुन कम्तिमापनी १५ घण्टा भन्दा धेरै समय लाग्ने अनुमान गरिएको छ ।
सडकको लामो भागमा पहिरो खसेको हुँदा सवारी साधन समेत पुरिएको हुनसक्ने आशंका गरिएको छ । अहिले दुवैतर्फबाट पहिरो सफा गर्न स्काभेटर तयारी अवस्थामा राखिए पनि रातिको समय र माथीबाट ढुंगा खसिरहेका कारण काम सुचारु भएको छैन ।
प्रतिक्रिया राख्नुहोस्