संविधानले दिएको अधिकार कसैले खोस्न हुन्न: मुख्यमन्त्री थापा

मोरङ: कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मतदान गर्न संविधानले दिएको अधिकारलाई कसैले पनि खोस्न नहुने बताउनुभएको छ ।

कोशी प्रदेशसभामा विश्वासको मत लिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले प्रदेश सरकारले संविधान एवं विधानसम्मत नै विश्वासको मत प्राप्त गरेको प्रतिक्रिया दिनुभयो ।

मुख्यमन्त्री थापाले बैठकले प्रदेशसभाको औचित्य सावित गरेको भन्दै सभाअध्यक्षको भूमिका निर्वाह गर्नुभएका इस्राइल मन्सुरीले संवैधानिक अधिकार प्रयोग गरी विश्वासको मतको पक्षमा मतदान गरेको जिकिर गर्नुभयो ।

उपसभामुख सिर्जना दनुवारले तोकेको व्यक्तिबाट सभा सञ्चालन गर्नुपर्ने स्थिति सिर्जना हुनु प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को साजिश भएको टिप्पणी गर्नुभयो । उहाँले यो सरकार विश्वासको मत लिइसकेपछि पूर्ण स्वरुपमा तीव्र गतिमा काम गर्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.