गुल्मीमा प्रहरीद्धारा ठूलो परिमाणमा गाँजा फडानी र नष्ट

गुल्मी- जिल्ला प्रहरी कार्यालय गुल्मीले गाँजा फडानी गर्ने अभियानलाई तिब्रता दिएको छ । प्रहरीले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १० को सिमीचौरका बिभिन्न ठाउँमा भएको अबैध गाँजालाई फडानी गर्नुका साथै नष्ट समेत गरेको हो ।

समुदाय–प्रहरी साझेदारी कार्याक्रम अनुसार सिमीचौरमा ६ सय गाँजाका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले बताउनुभयो । प्रहरीले सिमीचौरका विभिन्न ठाउँमा प्राकृतिक रुपमा उम्रेका ६ सय अबैध गाँजाका बोटहरु फडानी स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको हो ।

लागुऔषध प्रयोगकर्ता बढ्दै जान थालेपछि गाँजा नष्ट गर्ने अभियान सञ्चालन गरेको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो । सामाजिक बिकृति रोक्ने उदेश्यले यो अभियानले टोल टोल सम्म लैजान थालिएको गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले बताउनुभयो ।

गाउँमा पशुचौपाय विरामी हुँदा गाँजा खुवाउँदा ठिक हुने भएकाले गाँजाको बव्ट हुर्काएको स्थानीय बताउँछन् । तर प्रहरीले पशुचौपायका लागि भन्ने बहाना मात्रै भएकाले गाँजाका बोट राख्नु र हुर्काउनु अवैध भएकाले फडानी गरिएको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो ।

जिल्लामा व्यवसायिक रुपले गाँजा खेती गरेको पाइएको छैन् । पशुचौपाया बिरामी पर्दा औषधी बनाउन तथा शिवरात्रीमा प्रसाद बनाउन गाँजाको प्रयोग गर्ने गर्दछन् । स्कुल तथा क्याम्पसमा पढ्ने बिद्यार्थी दुर्व्यसनीमा फस्दै गएको गुनासो वढ्न थालेसँगै प्रहरीले निगरानी समेत बढाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.