चैनपुर बजारमा अज्ञात समुहद्धारा सुतीरहेका आमा र छोराहरुमाथि चक्कु प्रहार
बझाङ- बझाङको सदुरमुकाम चैनपुर बजारमा अज्ञात समुहद्धारा आमा छोरालाइ चक्कुप्रहार गरीएको छ । सुर्मा गाउपालिका वडा न ३ घर भै सदरमुकाम चैनपुरको सुर्माटोलमा कोठामा बस्दै आएका आमा छोरालाइ हिजो राती १२ बजे चक्कु प्रहार गर्दा घाइते भएका छन् ।
घाइते हुनेमा २७ बर्षिया सुनिता बिक, जेठो छोरा ७ बर्षिया आदित्य बिक र ४ बर्षिया छोरा एबल रहेका छन् । उनीहरुलाइ राती १२ बजे सुतिरहेको अबस्थामा कोठामा नै गएर चक्कु प्रहार गरीएको घाइतेका श्रीमान कलक बिकले बताउनुभयो ।
भेन्टिलेटरको तारको जालि काटेर मुल ढोकाको चुक्कुल खोलेर भित्र पसेको र मोबाइसमेत लिएर गएको त्यसपछि अगाडी दुई छोरालाइ चक्कुप्रहार गरेको र पछि श्रीमतिलाइ चक्कुप्रहार गरेको उहाँले बताउनुभयो ।
अज्ञात समुहहरुले मुखमा मास्क लगाएको सुनिता बिकले बताउनुभएको छ । जेठो छोरोलाइ बढि चोट लागेको र घाइते तीनै जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।-
प्रतिक्रिया राख्नुहोस्