राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक जारी, नेकपा एमाले अनुपस्थित

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा अहिले राष्ट्रपति कार्यालयमा सर्वदलीय बैठक बसिरहेको छ । आजको संसद् बैठक अघि उहाँले शीर्ष दलका नेताहरूलाई शीतल निवास बोलाउनुभएको हो ।

बैठकमा संसद्‌को अवरोध खुलाउनेबारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै नेकपा एमालेले साउन १० गतेदेखि निरन्तर संसद् अवरोध गरेपछि राष्ट्रपतिले त्यसमा चासो राख्नुभएको हो ।

यसअघि राष्ट्रपतिले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुसँग छलफल गर्नुभएको थियो । बैठकमा एमाले नेताहरु भने अनुपस्थित रहेको बताइएको छ ।

संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा सुन प्रकरणको छानबिनका लागि समिति गठन गर्न सहमति जुटिसकेकाले यसबारे राष्ट्रपतिलाई जानकारी गराउने नेताहरुले बताएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.