कोशी प्रदेश सभाको चालू तेस्रो अधिवेशन अन्त्य

मोरङ- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको चालू तेश्रो अधिवेशन गएराती १२ बजे देखि अन्त्य गर्नुभएको छ ।

कोशी प्रदेशको मंत्रीपरिषद बैठकको सिफारिशका आधारमा संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको तेश्रो अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भाद्र ६ गते बसेको प्रदेश सभाको बैठक विपक्षी दलहरु एमाले र राप्रपाका सांसदहरुले वहिष्कार गरेपछि अर्को सूचना नभए सम्मका लागि स्थगित गरिएको थियो ।

प्रदेश सभाको तेश्रो अधिवेशन अन्त्य गरिए संगै कोशी प्रदेश सरकारलाई अध्यादेशबाट बजेट ल्याउन बाटो खुलेको छ । तत्कालिन मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अध्यादेशबाट ल्याएको बजेट चालू अधिवेशनमा नै स्वीकृत भएको थियो ।

भाद्र १० गते भित्र प्रतिस्थापन विधेयक नल्याए कोशी प्रदेशमा बजेट होलिडे हुने सम्भावना विद्यमान छ । सत्तारुढ र विपक्षी दलहरु बीच प्रदेश सरकारको बहुमत बारे विवाद शुरु भएकाले अध्यादेशबाट पुनः बजेट ल्याउने सम्भावना बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.