पृथ्वी राजमार्ग अन्तर्गत नाग्दी खोलामा पहिरो जाँदा सडक अवरुद्ध

चितवन- चितवन पृथ्वी राजमार्गको मुग्लिननजिक इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा पहिरो गएको छ ।

साँझ ६:४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध छ । अहिले सडक डिभिजन कार्यालयसंग समन्वय गरेर पहिरो हटाउने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरोका कारण काठमाडो जाने आउने गाडीहरू ठप्प भएका छन् । यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वि राजमार्गको चितवन खण्ड पटक–पटक अबरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.