अमेरिकाको ज्याक्सनभिल्लामा गोली चल्दा तीनजनाको मृत्यु

अमेरिकाको फ्लोरिडा राज्यको ज्याक्सनभिल्लामा एक रंगभेदी पुरुषले तीन जना अस्वेत नागरिकको गोली हानी हत्या गरी पछि आफूले पनि आत्महत्या गरेका छन् ।

झण्डै २० वर्षीय स्वेत नागरिक शहरको जनरल डलर स्टोरमा प्रवेश गरी गोली चलाएको प्रहरीले जनाएको छ । अचानक गोली चलाएका ती व्यक्तिसँग प्रहरीको केही बेर झडप समेत भएको बताइएको छ ।

दुई महिला र एक पुरुषको हत्या गरेका बन्दुकधारीले शरीरमा सुरक्षा कवच लगाएका थिए । साथै घटनास्थलमा रंगभेद सम्बन्धी घोषणापत्र छोडेको प्रहरीको भनाइ छ ।

ज्याक्सनभिल्लाकी मेयर डोना डिगनले घटनालाई रंगभेद र घृणाले भरिएको अपराध भएको व्याख्या गर्नुभएको छ । अर्ध स्वचालित राइफल र हाते बन्दुक बोकेका बन्दुकधारीको हालसम्म नाम सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.