नेपालको नक्सालाई सबै छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छः परराष्ट्र मन्त्रालय

काठमाडौं- नेपाल सरकारले संसद्ले सर्वसम्मतीले स्वीकृत गरेको नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने जनाएको छ ।

परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत २८ अगस्ट २०२३ मा जारी गरिएको ‘चीनको मानक नक्साको २०२३ संस्करण’ सम्बन्धमा आफ्नो धारणा स्पष्ट पारेको हो । चीनले जारी गरेको नक्सामा नेपालको भूभाग भारतमा देखाएपछि त्यस सन्दर्भमा मन्त्रालयले प्रेस विज्ञप्ती जारी गरेको हो ।

मन्त्रालयले संसद्ले सन् २०२० मा सर्वसम्मतीले स्वीकृत गरेको नेपालको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको उल्लेख गरेको छ ।

साथै सो नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्नेमा नेपाल सरकार स्पष्टरुपमा विश्वस्त रहेको जनाइएको छ । नेपाल सीमा विवाद वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.