बागमती प्रदेश सभाको बैठक आज बस्दै
मकवानपुर- दोस्रो अधिवेशनको २९औं बैठक दिउँसो १:३० बजेको लागि बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । कार्यपरमर्श व्यवस्था समितिको बैठक पनि आजै बस्दैछ । विहान ११:३० बजे बस्ने कार्यपरामर्श व्यवस्थापन समितिको बैठकले सम्भावित कार्यसूचि तयार पार्ने छ ।
यसैबीच, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएको छ ।
प्रतिक्रिया राख्नुहोस्