तम्घास सिमलटारी सडक खण्डमा पक्की पुल नहुँदा सास्ती

गुल्मी- गुल्मीमा मदनभण्डारी राजमार्गमा पक्की पुल नबन्दा नागरिकले सास्ती खेप्दै आएका छन् । जिल्लाको क्षेत्रनम्बर–२ अन्तर्गत तम्घास सिमलटारी, पुर्कोटहुँदै प्यूठानसम्म पुग्ने सडक खण्डका बिचका बिभिन्न चार वटा स्थानमा पक्की पुल नबन्दा नागरिककले समस्या झेल्दै आइरहेका छन् ।

तम्घासदेखि सिमलटारीसम्मको मदन भण्डारी राजमार्गको पश्चिमतर्फको व्यस्त सडकमा पुल नहुँदा वर्षाको समयमा आउ–जाउ गर्न समस्या हुने गरेको छ । सडक कालोपत्रे भएको चार वर्ष बितिसक्दा पनि विभिन्न खहरे खोलामा पुल नहुँदा यात्रुले निकै सास्ती खेप्नु परेको छ ।

तम्घास सिमलटारी सडक अन्तरगत राजमार्गका हुलाके, धनार्जी, पुलवारी र घमिरका खहरे खोलामा पुल नबन्दा साना ठूला सवारी साधानहरु र पैदल यात्रुलाई समेत आउ–जाउ गर्न समस्या परेको हो । पुल नहुँदा वर्षातको समयमा जिल्ला सदरमुकाम तम्घास आउजाउ गर्न निकै समस्या हुँदै आएको छ ।

वर्षातको समयमा सुरक्षित र भरपर्दो राजमार्ग मानिएको मदन भण्डारी राजमार्गमा पुल नहुँदा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता छ । पक्की पुल नबन्दा गुल्मी जिल्लाका धुर्कोट, मदाने, इस्मा, मालिका र छिमेकी जिल्ला प्युठानसम्म नागरिहरुलाई समस्या हुँदै आएको छ ।

राजमार्ग अन्तर्गत तम्घासदेखि सिमलटारीसम्म २८ किलोमिटर सडक कालोपत्र गरिसकिएको छ । पक्की सँगै अहिले कालोपत्रे सडक पनि जीर्ण बन्न थालेको छ । सडकका बिभिन्न स्थानमा भत्कीन थालेको छ ।

मदन भण्डारी राजमार्ग तम्घास कार्यालयका कार्यालय प्रमुख माधव अधिकारीका अनुसार अहिले हुलाके, धनार्जी, पुलवारी र घमिर खहरे खोलाका चार वटा पुलको निर्माणको काम भइरहेको बताउनुभयो । अहिले वर्षाका कारणले काम खासै हुन सकेको छैन ।

चार वटा पुलमध्ये फुलवारी र घमिर खोलामा पुल निर्माणका लागि पन्त निर्माण सेवाले निर्माणको काम गरिरहेको छ । हुलाके र धनार्जी खोलामा पुल निर्माणका लागि सुनिल समीर निर्माण सेवा प्रालि तम्घास गुल्मीले निर्माण कार्य गर्दै आएको छ ।

घमिर खोलको पुल निर्माणको लागि ३ करोड १३ लाख ८४ हजारको लागत रहेको छ । फुलवारी खोलाको पुल निर्माणको लागि ३ करोड ३२ लाख ६८ हजार लागत रहेको छ ।

यी दुई स्थानका पुल निर्माण कार्य २०८० साल भदौ महिना भित्र सम्पन्न गरिसक्नु सम्झौता रहेको थियो । तर पछिल्लो पटक म्याद थप गरेर २०८० चैत्र ८ गतेसम्म रहेको छ ।

भदौ महिनाको दोस्रो सातासम्म यी पुलको प्रगती ३० प्रतिशत मात्रै भएको छ । घमिर खोलाको पुल १५ मिटर लम्बाई र ११ मिटर चौडाईको हुनेछ । फुलवारी खोलाको पुल २० मिटर लम्बाई र ११ मिटर चौडाईको हुनेछ ।

धनार्जी रोधी खोलामा पुल निर्माणको लागि ७ करोड ४८ हजार र हुलाके खोलामा पुल निर्माणको लागि ५ करोड ७९ लाख ५३ हजार को लागत रहेको छ । धनार्जीमा बन्ने पुल ३५ मिटर लम्बाई र ११ मिटर चौडाई को हुनेछ । यो पुल २०८० साल माघ महिना भित्र सम्पन्न गर्नुपर्ने छ । हुलाकेमा निर्माण हुने पुल २५ मिटर लम्बाई ११ मिटर चौडाईको हुनेछ ।

पुल निर्माण कार्य २०८० साल मंसिर महिना भित्र सम्पन्न गरिसक्नु मदन भण्डारी राजमार्ग कार्यालय गुल्मीले जनाएको छ । तर पछिल्लो भदौ महिनाको दोस्रो सातासम्म यी पुलको प्रगती १० र २० प्रतिशत मात्रै भएको छ ।

एउटै ठेक्दारले दुई/दुईवटा पुल निर्माणको जिल्ला लिएकाले कामदारको संख्या पनि कम भएकाले प्रगति निकै न्यून रहेको मदन भण्डारी राजमार्ग तम्घास कार्यालयका कार्यालय प्रमुख माधव अधिकारीले बताउनुभयो । निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्दा समेत तिब्र गतिमा हुन नसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.