नेपालबाट बिजुली किन्ने प्रस्ताव भारतको मन्त्रिपरिषद्‍वारा स्वीकृत

काठमाडौं- भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । हालै बसेको भारतीय मन्त्रिपरिषदको बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत शंकर शर्माले जानकारी दिनु भयो ।

भारतीय मन्त्रिपरिषद्को निर्णयसँगै अब नेपालबाट बिजुली ल्याउने विषयमा थप अध्ययन र गृहकार्य हुने राजदूत शर्माले बताउनु भयो । भारतीय मन्त्रिपरिषदको निर्णयसँगै अब नेपालमा थप बिजुली उत्पादन गर्ने, प्रोजेक्टहरू कसरी बनाउने भन्नेबारे अध्ययन अघि बढ्ने पनि उहाँले बताउनु भयो ।

नेपालले अहिले बर्खामा भारतीय बजारमा बिजुली बेचिरहेको छ भने हिउँदो समयमा भारतबाट बिजुली किनिरहेको छ । गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य राखिएको बताउनु भएको थियो ।

दुबै प्रधानमन्त्रीको उपस्थितिमा फुकोट कर्णाली र तल्लो अरूण निर्माणका लागि एमओयू भएको थियो भने गोरखपुर-भैरहवा ४०० केभी प्रसारण लाइनको शुभारम्भ गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.