नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु

नवलपुर- पुर्वी नवलपरासीको नवलपुरमा जापानिज इन्सेफ्लाइटिस’ बाट एक जनाको ज्यान गएको छ । यो लामखुट्टेको टोकाईबाट लाग्ने रोग हो ।

कावासोती नगरपालिकाका एक जना, देवचुली नगरपालिकाका एक जना गरी दुई जनामा यो सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँले जानकारी दिनुभयो ।

उस्तै लक्षण देखिएका अर्का एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । देवचुलीका सङ्क्रमित हुनेमा वडा नम्बर १७ का महिला रहेको कावासोती नगरपालिका स्वास्थ्य शाखाका कृष्णप्रसाद नागिलाले बताउनुभयो ।

क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट नवलपुरमा गत आ.व.मा सात जनामा जापनिज ईन्सेफ्लाइटिस पुष्टि भएको थियो । पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बिरामीलाई उच्च ज्वरो आउने, वान्ता हुने, घाटी दुख्ने, चेतना हराउने, बेहोस हुने लगायतका लक्षण देखा पर्ने उहाँले बताउनुभयो । यो रोग लागेपछि बिरामीको मृत्यु हुनसक्ने सम्भावना धेरै हुने भएकाले पहिले नै सचेत हुनुपर्ने उहाँको भनाइ छ ।

कुनै लामखुट्टेले जापनिज इन्सेफलाइटिस भाइरस भएको जनावरलाई (जस्तै सुँगुर वा जलपंक्षी) टोकेर त्यही लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग मानिसमा सर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.