चीनको ग्रेटवाल भत्काएको आरोपमा दुई जना पक्राउ

चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । उत्तरी शान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवाल को एक भागमा क्षति पुर्‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सीएनएनले जनाएको छ ।

राज्य सञ्चालित प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजनलाई उद्धृत गर्दै सिएनएनले जनाएअनुसार याङकियानहे टाउनशिपमा पर्खालमा ठूलो खाडल खनिएको युयु काउन्टीका अधिकारीहरूले अगस्ट २४ मा जानकारी प्राप्त भएको बताएका छन् ।

सुरक्षा अधिकारीहरूले अनुसन्धान जारी राखेका छन् ।बत्तीसौँ ग्रेट वाल खण्डका कारण पर्खाल पारी जान लामो बाटो हिँड्नुपर्ने भएपछि एक जना ३८ वर्षीय पुरुष र ५५ वर्षीया महिलाले उत्खनन यन्त्र प्रयोग गरी पर्खाल भत्काएर छोटो बाटो बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीहरूले बताएका छन् । यो घटनाबाट राष्ट्रिय अखण्डता र सुरक्षामा खलल पुगेको त्याहाँका अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.