भन्सार छलीको सामानसहित भारतीय ट्रक नियन्त्रणमा

मकवानपुर- मकवानपु्र प्रह्रीले एक करोड तीस लाख बराबरको भन्सार छलीका सामानसहित भारतीय नम्बर प्लेटको ट्रक नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका-*१५ रातोमाटेबाट युपी ७५ एटि ८६३२ नम्बरको भारतीय गाडी नियन्त्रणमा लिएको हो ।

भारतको सिलाङबाट बुटवल जान लागेको ट्रकबाट ८३ लाख २९ हजार बराबरको लत्ताकपडा, ३ लाख ५० हजार बराबरको ईलोक्ट्रोनिक्स सामान, १६ लाख ३८ हजार मूल्य बराबरको मदिरा र ३१ लाख २७ हजार मूल्य बराबरको अन्य सामान बरामद गरेको मकवानपुर प्रहरी प्रमुख सिताराम रिजालले जानकारी दिनुभयो ।

प्रहरीले ट्रकका चालक भारत उत्तर प्रदेशका ५५ वर्षका गोरेलाल, तनहुँ ब्यास नगरपालिका वडा नम्बर ४ बस्ने ४९ वर्षको निमकाजी श्रेष्ठ र पर्वत जिल्ला विहादी गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष ३९ का खेम बहादुर गुरुङलाई पक्राउ गरेको छ ।

उनीहरुले भारतिय सैनिकको रिटायर्ड बन्दोबस्तीको सामान भनि भन्सार बिल देखाएपछि शंका लागेर चेकजाँच गर्दा अवैध रुपमा भन्सार छलीका सामान भेटिएको प्रहरी प्रमुख रिजालले बताउनुभयो ।

ट्रक, बरामद सामान र पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.