एक महिनापछि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, नीजामती कर्मचारी विधेयकको प्रतिवेदन पेश हुने

दाङ- करिब एक महिनापछि लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेशसभाले सोमबार सूचना जारी गरी आगामी बैठक बिहीबार १२ बजे बस्ने जनाएको हो । करिब एक महिनापछि लुम्बिनी प्रदेशसभा बैठक बस्न लागेको हो ।

प्रदेश सभाको बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’लाई अगाडी बढाउने तयारी छ । आज बस्ने बैठकको कार्यसूचिमा प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन सभामा पेश गर्ने रहेको छ ।

यसअघि बिधेयकमा दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो । समितिले उपसमिति गठन गरेर साय सुझाव समेत संकलन गरेको थियो । सुझावको आधारमा प्रतिवेदन तयार पारिएको थियो । सभामा प्रतिवेदन पेस भएको २४ घण्टापछी बस्ने अर्को बैठकले विधेयक पास गर्न सक्ने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । आजको बैठकमा विधेयकको बारेमा बनेको प्रतिवेदन मात्रै पेश हुनेछ ।

विधेयक पास गर्नकोलागी अर्को बैठक कुर्नुपर्ने देखिएको छ । यस्तै बैठकमा विभिन्न विषयगत समितिका सदस्यहरुको नाम हेरफेर सम्बन्धि जानकारी दिने, प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकबारे सभामुखले जानकारी गराउने र शून्य समयमा सांसदहरुले बोल्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.