आहा ! तिलिचो ताल (फोटो फिचर)

मनाङ- तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेको तालहरूमध्येको एक हो । हिमालय पर्वत शृङ्खलाअन्तर्गत नेपालको मनाङ जिल्ला अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४ हजार ९ सय १९ मिटर उचाईमा रहेको छ । यो तालको लम्बाई चार किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर दुई सय मिटर छ ।

मनाङ हिमालपारिको जिल्लाको रूपमा परिचित छ । हिउँले घेरिएको मनाङको तिलिचो ताल पर्यटन गन्तव्य पनि हो । तिलिचो ताल उत्तर र दक्षिण दिशामा फैलिएको यो तालको दृश्य अचम्मको अलौकिक प्रकृतिका दृश्यले भरिएको छ ।

तिलिचो ताल संसारकै उच्च स्थानमा रहेको र पर्यटकहरूले रमाउँदै हिउँ खेल्ने तालमा पर्छ । यो विदेशी पर्यटकहरूको प्रमुख गन्तव्यस्थल पनि हो । अन्नपूर्ण पदमार्गमा पर्ने यो जिल्ला पैदलयात्री र तिलिचो तालको अवलोकन गर्न आउने पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ ।

आकाश खुलेर वरिपरिका दृश्य अवलोकन गर्नका लागि उपयुक्त सिजन असोज र कात्तिक महिनादेखि मंसिर अन्त्यसम्म बढी उपयुक्त हुने र अर्को सिजन चैत, वैशाख र जेठमा तिलिचो ताल घुम्न जाँदा रमाइलो र उपयुक्त हुने स्थानीय बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.