कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, एमालेका कार्कीलाई नियुक्त गर्न परमादेश
काठमाडौं- सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै पदमुक्त हुने आदेश दिएको छ ।
सर्वोच्चको आज बसेको पूर्ण इजलाशले संविधानको धारा १६८ को उपधारा ३ वमोजिम प्रदेश सभामा सवैभन्दा ठूलो दलको नेताको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता हिकमत कार्कीलाई मुख्यमनत्रीमा नियुक्त गर्न प्रदेश प्रमुखको नाम्मा परमादेश जारी गरेको छ ।
उद्धव थापाले प्रदेश सभामा मत वरावर नभएको अवस्थामा सभाध्यक्षलाई प्रयोग गरी लिएको विश्वासको मत असंवैधानिक भएसंगै मुख्यमन्त्रीवाट थापा पदमुक्त हुने आदेशमा उल्लेख छ । मुद्धाको पक्ष र विपक्षमा भएको वहस सकिएपछि सर्वोच्चले अन्तिम आदेश दिएको हो ।
प्रतिक्रिया राख्नुहोस्