कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता कार्की नियुक्त

मोरङ- नेकपा एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मत कुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएको छ । सर्वोच्च अदालतले दिएको आदेश बमोजिम प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।

सर्वोच्च अदालतले हिजो यस अघिका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान संम्मत नभएको ठहर गर्दै प्रदेश सभाको सवैभन्दा ठुलो दलनको नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

यसैवीच मुख्यमन्त्री कार्कीले आजै साँझ पद तथा गोपनियताको सपथग्रहण गर्नु भएको छ । प्रदेश प्रमुख खापुङ्गले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीलाई सपथ ग्रहण गराउनु भएको हो ।

मुख्यमन्त्रीको सपथसँगै कार्कीले एमालेवाट चार सदस्यी मन्त्रीमण्डल गठन गर्नु भएको छ । नवगठित मन्त्रीमण्डलमा तिलकुमार मेन्याङ्वो खानेपानी उर्जा र सिंचाई, पाँचकर्ण राई पर्यटन बन वातावरण उद्योग कृषि र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बन्नु भएको छ ।

यस्तै सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त हुनु भएको छ । एमाले संसदीय दलका नेता कार्की प्रदेशसभाले एक बर्षे कार्याकाल पुरा नगर्दै दोस्रो पटक मुख्यमन्त्री बन्नु भएको हो ।

संविधान अनुसार नवनियुक्त मुख्यमन्त्री कार्कीले अब ३० दिन भित्र विश्वासको मत लिनुपर्ने छ । कोशी प्रदेश सभामा देखिएको वर्तमान समीकरण र अंकगणितलाई हेर्दा मुख्यमन्त्री कार्कीले पनि विश्वासको मत प्राप्त गर्ने बलियो आधार देखिएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.