कोशी प्रदेशमा नयाँ सरकार गठन लगत्तै बसेको मन्त्रिपरिषद्का निर्णयहरु

मोरङ- कोशी प्रदेश सरकारले प्रदेशमा हुँदै आएको बजेट शुन्यता अन्त्यका लागि आर्थिक र विनियोजन अध्यादेश २०८० ल्याउने निर्णय गरेको छ ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको कोशी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद बैठकले प्रदेशमा बजेट शुन्यता हुन नदिन अध्यादेश ल्याउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तील कुमार मेयाङ्बोले जानकारी दिनुभयो ।

उहाँले अध्यादेश ल्याउने प्रक्रिया शुरु भइसकेको र भोलिदेखि नै कोशी प्रदेश बजेट विहिन नहुने बताउनु भयो ।

यसैगरी मन्त्रिपरिषद बैठकले कोशी प्रदेशको नामकरणबारे उठिरहेको विवादबारे छलफल र समाधान गर्न प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिचाई मन्त्री तिल कुमार मेयाङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गर्ने पनि निर्णय गरेको छ । त्यस्तै कोशी प्रदेश सरकारको प्रवक्तामा खानेपानी, उर्जा तथा सिचाई मन्त्री मेयाङ्बोलाई तोक्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.