आसन्न अमेरिका र चीन भ्रमण राष्ट्रको हितमा महत्वपूर्ण उपलब्धि हुने प्रधानमन्त्री प्रचण्डको भनाइ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमणका क्रममा चीनसँग बिआरआई अन्तर्गतका परियोजनाहरु अनुदानमा उपलब्ध गराउने विषयमा छलफल हुने बताउनुभएको छ ।

नेपाल टेलिभिजनको कार्यक्रम ‘राष्ट्र निर्माण’सँगको विशेष संवादमा प्रधानमन्त्री प्रचण्डले चीनसँगका यसअघिका सम्झौता र नयाँ आयोजनाहरुको विषयमा पनि सहमति हुने बताउनुभयो ।

आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा चीनसँग बिआरआईमा नेपालको तर्फबाट हस्ताक्षर गरेको स्मरण गर्दै उहाँले ती परियोजनाहरु आफूले ऋणमा नभई अनुदानमा उपलब्ध गराउन चीन सरकारलाई अनुरोध गर्ने बताउनुभयो । आसन्न अमेरिका र चीन भ्रमण नेपाल राष्ट्रको हितमा महत्वपूर्ण उपलब्धि हुने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

आफू प्रधानमन्त्री भएदेखि नै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि अभियान नै थालेको भन्दै प्रधानमन्त्री प्रचण्डले यी तीनवटा मुद्धामा आफू दृढतापूर्वक अघि बढेको बताउनु भयो ।

सबैखाले व्यथिति, विसंगति र भ्रष्टाचार विरुद्धको अभियानमा सरकार निर्मम ढंगले अघि बढेको बताउँदै उहाँले राष्ट्र निर्माणको पवित्र भावना र उद्देश्यका साथ अभियान थालनी गरिएको जानकारी दिनुभयो ।

संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न अमेरिका जाने तयारीमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाटै चीनको औपचारिक भ्रमणमा जाने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.